बादलबाहेक चार सांसदलाई मात्र पदमुक्त गर्न पत्राचार हुनु रहस्यपूर्ण !

बादलबाहेक चार सांसदलाई मात्र पदमुक्त गर्न पत्राचार हुनु रहस्यपूर्ण !



नेकपा माओवादी केन्द्रले एमाले प्रवेश गरेका उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, उर्जामन्त्री टोपबहादुर रायमाझी र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीको पद खारेजीका निम्ति संसदमा लेखिपठाएको छ । उनीहरुलाई पार्टी सदस्य र सांसद पद समेत नरहने गरी कारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गरिएको हो ।

माओवादी केन्द्रबाट सांसद बनेका रायमाझी, चौधरी, भट्ट, साह र रामबहादुर थापा बादल माओवादी छोडेर एमालेसँग जोडिएका भए पनि पाँच सांसदमध्ये बादलबाहेक चार जनालाई मात्र पदमूक्त गर्न पत्राचार हुनुलाई रहस्यपूर्ण मानिएको छ ।

संसद् सचिवालयमा प्रचण्ड स्वयमले दस्तखत गरी बुझाएको पत्रमा चार जनाको पद खारेज गर्नुपर्ने भनी लेखिएको छ । प्रचण्डले बादलको पद खारेजीका निम्ति पत्र नलेख्दा सरकारले बादलमाथि नै शङ्का गर्नुपर्ने हो कि भन्ने आशङ्का उत्पन्न भएको छ ।