सुडान डारफर झडपमा १३२ व्यक्तिको मृत्यु

सुडान डारफर झडपमा १३२ व्यक्तिको मृत्यु


सुडानको पश्चिमी डारफर क्षेत्रमा भएका जातीय झडपमा हालका केही दिनमा मृत्यु हुनेको सङ्ख्या कम्तिमा १३२ पुगेको त्यहाँका गभर्नरले सञ्चारमाध्यमहरूलाई जानकारी गराएका छन् ।

गत शनिवारदेखि राज्यको राजधानी एल जेनैना र त्यसको वरपरका क्षेत्रमा मसालाइट र अरब समुदायका सदस्यहरूबीच भएका झडपमा उनीहरूको मृत्यु भएको हो ।

सुडानको सरकारले यस क्षेत्रमा आपतकालिन अवस्थाको घोषणा गरेको छ ।

चाडको सीमावर्ती क्षेत्रस्थित सुडानी एक राज्यका गभर्नर मोहम्मद अब्दुल्लाह डौमाले खार्तुममा सञ्चारकर्मीसमक्ष व्यक्त गरेको भनाइ उद्धृत गर्दै एएफपीले झडपमा मृत्यु हुनेको सङ्ख्या १३२ पुगेको जनाएको छ ।