सत्ता-समिकरणको छलफलमा कांग्रेसको अग्रसरता !

सत्ता-समिकरणको छलफलमा कांग्रेसको अग्रसरता !



सभापति देउवाले प्रमुख तीन दलसँग छलफल गर्ने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रमुख तीन राजनीतिक दलसँग छलफल गर्ने भएका छन् ।

सभापति देउवाले आज अपरान्ह ३ बजेका लागि नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय समाजवादी पार्टी नेपालका शीर्ष नेतालाई छलफलका लागि आमन्त्रण गरेका छन् ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मुलुकको समसामयिक परिस्थितिका बारेमा साझा धारणा बनाउन बैठकको आयोजना गरिएको हो ।

विश्लेषकहरूले देउवाद्वारा माओवादी केन्द्र र जसपाका नेताहरूसँग गरिन लागिएको छलफलको सन्दर्भलाई सत्ता परिवर्तनको पहलकदमीको रूपमा अर्थ्याएका छन् । सरकार परिवर्तनको पक्षमा औपचारिक निर्णय गरेको काङ्ग्रेसले सातादिनपछि सत्ता-समिकरणको निम्ति छलफल शुरु गर्न लागेको हो ।