नेपालमाथि केपीले लगाए देशभर नयाँ पार्टी खोलेर हिँडेको आरोप

नेपालमाथि केपीले लगाए देशभर नयाँ पार्टी खोलेर हिँडेको आरोप


आजदेखि एमाले मुख्यालय विधिवत् रुपले थापाथलीमा

नेकपा (एमाले)को पार्टी मुख्यालय आजदेखि औपचारिक रुपमा थापाथालीबाट सञ्चालन भएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय भवनको आज उद्घाटन गरेपछि औपचारिक रुपमा सञ्चालन भएको हो ।

यसअघि यही वैशाख १ गते नै कार्यालय धूम्रबाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानबाट थापाथलीमा सरेको थियो । आज बिहान साढे १० बजे प्रधानमन्त्री ओली पार्टी मुख्यालयमा पुगी आफ्नो कार्यकक्षमा बसेका एमाले कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

यस्तै, स्थायी कमिटी बैठक बस्ने कार्यकक्षमा पनि पार्टी अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलसंँग केहीबेर बसेका थिए ।

तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त कार्यालयमा पार्टी अध्यक्ष, महासचिव, विदेश विभाग प्रमुख, सङ्गठन विभाग प्रमुखलगायतका कार्यकक्षसहित १२ कोठा छन् ।

प्रधानमन्त्री ओलीले गत चैत ११ गते पार्टीको नयाँ मुख्यालयको निरीक्षण गरेका थिए । चक्रपथ विस्तारका क्रममा कार्यालयमा आउजाउ गर्न कठिन हुने भएकाले एमालेपार्टी मुख्यालय थापाथलीमा सारिएको जनाइएको छ । विसं २०७२ को भूकम्पले बल्खु, मदननगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धूम्रबाराहीस्थित प्रतिष्ठानको कार्यालय भाडामा लिई सञ्चालन गरेको थियो ।

यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीले बिहीबार बिहान बल्खुमा निर्माण हुन लागेको एमाले केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका छन् । सो अवसरमा मन्तव्य दिँदै अध्यक्ष ओलीले माधव नेपालले देशभर नयाँ पार्टी खोलेर हिँडेको आरोप लगाए । नेपाल समूहले पार्टीमा उपद्रो गर्दै आए पनि भरसक अहिले पनि आफूहरु सम्झाउने प्रयासमा रहेको उनको भनाइ थियो ।

नेपाल समूहले अनुचित ढङ्गले पार्टी कब्जा गर्ने र कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने प्रयास गरेको आरोप लगाउँदै उनले अहिले पनि फ्लोर क्रस गर्ने तथा पार्टी हितविपरीतका गतिविधिलाई जारी राखेर नेपाल समूहले पार्टीविरोधि चरित्र उदांग तुल्याएको भन्दै आक्रोश प्रकट गरे । विगतमा आफूहरुलाई पार्टीविहीन बनाउन खोजिएको भन्दै अध्यक्ष ओलीले त्यो प्रयास असफल भएको बताए ।

pict:rss