चितवनका पुरुषले गरे जापानमा आत्महत्या

चितवनका पुरुषले गरे जापानमा आत्महत्या


  • जापान प्रतिनिधि

चितवन स्थायी घर भइ हाल जापानको चिबा केनको ग्योतुकु बस्दै आएका ४० वर्षीय अर्जुन केसीको असामयिक निधन भएको छ ।

केसी यही अप्रिल २४ तारिख आफू बस्दै आएको कोठामा नै मृत फेला परेका थिए । उनका निकट व्यक्ति तथा पारिवारिक सदस्यहरुका अनुसार उनले आफैले आफ्नो ज्यान लिएका हुन् ।

कुक पेशामा रहेका रहेका केसीको जापानमै श्रीमती र एक छोरी रहेका छन् ।

पोष्टमार्टम लगायत सबै प्रक्रिया सकिएको केसीको जापानमा नै दाहसंस्कार गरिने भएको छ।