शनिबार कोरोनाबाट १९ जनाको मृत्य, ५७६३ सङ्क्रमित थपिए

शनिबार कोरोनाबाट १९ जनाको मृत्य, ५७६३ सङ्क्रमित थपिए



पछिल्लो २४ घण्टामा ५,७६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल १४,९६९ नमूना परीक्षण गरिएकामा उक्त सङ्ख्यामा कोभिड-१९ पुष्टि भएको हो ।

यस्तै, उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १,२८७ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर ४०,१०३ जना होम आइसोलेशनमा तथा संस्थागत आइसोलेशनमा ३,११० रहेका छन् । पछिल्लो २४ घण्टामा २,४५५ महिला र ३,२५१ पुरुष सङ्क्रमित भएका छन् ।

काठमाडौंमा १,९३२, भक्तपुरमा २०८ र ललितपुरमा ३५५ सङ्क्रमित फेला परेका मन्त्रालयले जनाएको छ । यस्तै ४०१ जना आइसियुमा उपचाररत छन् भने ११० जना भेन्टिलेटरमा रहेका बताइएको छ ।