एमाले नेता खनाल र श्रेष्ठलाई कोरोना संक्रमण

एमाले नेता खनाल र श्रेष्ठलाई कोरोना संक्रमण



पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ । एमालेका वरिष्ठ नेता खनालको नर्भिक अस्पतालको भीआईपी कक्षमा उपचार भइराखेको छ ।

बताइएअनुसार कोरोना भाइरसको संक्रमण पुष्टि हुनुका साथै शरीरमा अक्सिजनको मात्रा कम भएपछि खनाललाई शनिबार नर्भिक अस्पतालमा भर्ना गरिएको हो । खनाललाई झाडापखाला लागेपछि पीसीआर परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको बुझिएको छ । अहिले उनको अवस्था सामान्य रहेको अस्पतालसुत्रको भनाइ छ ।

यसैबीच तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) लाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज गरिएको पिसिआर परीक्षणअनुसार सांसद श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना सङ्क्रमण भए पनि कुनै प्रकारको असजिलो महसुस नभएको र होम आइसोलेशनमै रहेको उनको भनाय छ । कोरोना सङ्क्रमण बढिरहेको अवस्थामा सांसद श्रेष्ठले सबैलाई सुरक्षित रहनका लागि आग्रह गरेका छन् ।