अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अनुदान प्रदान गर्ने

अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अनुदान प्रदान गर्ने


अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले कोभिड-१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताउनुभएको हो ।

शनिबार अपराह्न ट्विट गर्दै उहाँले अमेरिकाको पुरानो मित्र नेपाललाई महामारीविरुद्धको लडाइँमा भरथेग गर्न अन्तरराष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) मार्फत उक्त रकम उपलब्ध गराइने बताउनुभएको छ ।

‘कोभिड–१९ विरुद्ध ठूलो सङ्घर्ष गरेको आफ्नो मुलुक नेपालप्रति ऐक्यबद्धता प्रकट गर्दछ, निर्दयी कोरोनालाई परास्त गर्न नेपाल सफल हुनेछ’, उहाँको ट्विटमा भनिएको छ ।