गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरी राष्ट्रपति विद्यादेवी भण्डारीले आजै नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ ।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले गण्डकीका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरी नेपालको संविधानको धारा १६७ बमोजिम सीताकुमारी पौडेल (चितवन) र सुदूरपश्चिममा गङ्गाप्रसाद यादव (सप्तरी)लाई नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले शीतल निवासमा आयोजित कार्यक्रममा उहाँहरुलाई आजै शपथ गराउनुभयो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित हुनुहुन्थ्यो ।
pict:rss
प्रतिक्रिया