काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञाको अवधि थप गरिएको छ । मंगलबार दिउँसो बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
बताइएअनुसार अबको निषेधाज्ञामा थप कडाइ गरिने छ । यसअघि साँझ र बिहान पसल सञ्चालन गर्न दिइएको भए पनि अब बिहान बिहान ७ देखि ९ बजेसम्म मात्रै पसल खुल्न दिइने र साँझ पसल सञ्चालन गर्न पाइने छैन ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोरोना संक्रणमलाई रोक्न थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरिएको हो ।
प्रतिक्रिया