उपसचिव खनालको कोरोनाले निधन

उपसचिव खनालको कोरोनाले निधन


नेपाल सरकारका उपसचिव कृष्णराज खनालको कोरोनाका कारण निधन भएको छ । कानून संकाय तर्फका कर्मचारी उनी संसद सचिवालयमा कार्यरत थिए ।

यही वैशाख २२ गते बुधबार सांसद र संसद् सचिवालयका कर्मचारीहरूको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएका उनको २४ गते शुक्रबार निधन भएको हो ।

निर्वाचन आयोगलगायत विभिन्न मन्त्रालयमा काम गरेका उनको तीन महिनाअघि मात्र संसद् सचिवालयमा सरुवा भएको थियो ।

५० वर्षीय खनाल इमान्दार, कर्तब्यनिष्ठ र मिलनसार कर्मचारीमा गनिन्थे । तनहुँनिवासी उनका पत्नी र दुई सन्तान छन् ।