दोलखास्थित सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई पसिना आएको सन्दर्भ यतिबेला चर्चामा छ । दोलखा भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने मान्यता रहँदै आएको छ । आज (२५ वैशाख) दिउँसो सवा बाह्रदेखि साढे एक बजेसम्म भीमसेनलाई पसिना आएको जिल्ला प्रशासन कार्यालय दोलखाले पनि पुष्टि गरेको छ । भीमेश्वरको शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आएको बताइएको छ ।
बताइएअनुसार दोलखा भीमसेनलाई पसिना आएको यो १९औँ पटक हो । यसअघि पछिल्लोपटक २०७७ मंसिर ९ गते भीमसेनलाई पसिना आएको थियो ।त्यस दिन सवा घण्टासम्म निरन्तर पसिना आउँदा देशमा कोरोना भाइरसको महामारी भित्रिएको स्थानीय जनविश्वास रहँदै आएको छ ।
भीमेश्वरको शिलामा पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठियारहरुले स्थानीय रुपमा क्षमा पूजा गरेका छन् । क्षमा पूजाको प्रसाद भोलि आइतबार राष्ट्रपतिसमक्ष पठाइने तयारी गरिएको दोलखा जिल्ला प्रशासनले जनाएको छ ।

प्रतिक्रिया