कोरोना संक्रमणका कारण शनिबार ५३ जनाको मृत्यु

कोरोना संक्रमणका कारण शनिबार ५३ जनाको मृत्यु



नेपालमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या तीन लाख ८५ हजार ८९० पुगेको छ । शनिबार थपिएका आठ हजार ४१८ जनासहित कुल संख्या तीन लाख पचासी हजार नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ३०४ जनाको परीक्षण गर्दा आठ हजार ४१८ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म दुई लाख ९८ हजार ७६५ जनाले कोरोना जितेका मन्त्रालयले जनाएको छ । बताइएअनुसार देशभर अहिले ८३ हजार ४९३ जना सक्रिय संक्रमित रहेका छन् ।

शनिबार ५३ जना संक्रमितको मृत्यु भएको र नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार ६३२ पुगेको जनाइएको छ।