प्रधानमन्त्रीका स्वकीय सचिव र प्रेस सल्लाहकार पुनः संक्रमित

प्रधानमन्त्रीका स्वकीय सचिव र प्रेस सल्लाहकार पुनः संक्रमित



प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई पुनः कोभिड–१९ सङ्क्रमण देखिएको छ ।

पिसिआर परीक्षणका क्रममा आफूहरूसहित स्वकीय उपसचिव रूपेश आचार्यलाई पनि सङ्क्रमण देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिएका छन् ।

यसअघि पनि थापा र भण्डारीलाई सङ्क्रमण देखिएको थियो ।

प्रधानमन्त्रीसहित उनका स्वकीय र निजी सचिवालय तथा सुरक्षा निकाय र चालक दलका सयभन्दा बढीको शुक्रबार पिसिआर परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई भने सङ्क्रमण नदेखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले जानकारी दिएका छन् ।

Photo Courtesy: Surya Thapa’s twitter