मुख्यमन्त्री पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता

मुख्यमन्त्री पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता


  • बुटवल प्रतिनिधि

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० जना सांसदको हस्ताक्षरसहित आइतबार प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिएका छन् ।