झलनाथ खनाल सङ्क्रमणमुक्त, स्वास्थ्य सुधारोन्मुख

झलनाथ खनाल सङ्क्रमणमुक्त, स्वास्थ्य सुधारोन्मुख



कोरोना भाइरसबाट संक्रमित भइ नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनाल सङ्क्रमणमुक्त भएका छन् । खनाल आइतबार साँझ सङ्क्रमणमुक्त भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन् ।

आइतबार पिसिआर परीक्षण गर्दा सङ्क्रमण नदेखिएको बताउँदै भट्टराईले सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहने जानकारी दिए ।

सङ्क्रमित भएपछि यही वैशाख १८ गते अस्पतालमा भर्ना भएका नेता खनालको स्वास्थ्य सुधारोन्मुख रहेको बताइएको छ ।