कोरोना बढेपछि नेपालबाट जापान प्रवेशमा प्रतिबन्ध

कोरोना बढेपछि नेपालबाट जापान प्रवेशमा प्रतिबन्ध


  • प्रतिनिधि टोकियो, जापान

नेपालबाट जापान प्रवेशमा प्रतिबन्ध लाग्ने भएको छ । कोरोना भाइरस महामारी बढेपछि जापानले नेपालसहित भारत र पाकिस्तानबाट जापान प्रवेश गर्न नदिने भएको हो ।

बुधबार जापानी मिडियाहरुमा प्रकाशित समाचारअनुसार जोखिम नियन्त्रणका लागि जापान सरकारले यस्तो निर्णय लिएको हो । यसअघि नेपाल, भारत र पाकिस्तानबाट आउने यात्रुहरुमाथि कडा क्वारिन्टिनसहित प्रवेश गर्न दिइएको थियो ।

यस पटकको प्रवेश प्रतिबन्धमा पुनः प्रवेशको अनुमति (र- इन्ट्री परमिट) पाएकाहरु पनि आउन नपाउने नियम लागू गर्न लागिएको भन्दै टिबिएस न्युजले समाचार छापेको छ ।

नेपाल, भारत र पाकिस्तानमा बसोबास गर्दै आएका जापानी नागरिकहरुलाई भने जापान प्रवेशमा रोक लगाइएको छैन । यस विषयको आन्तिम निर्णय आज (१३ मे) गरिने बताइएको छ । विस्तृत आधिकारिक घोषणा आउन बाँकी रहेको छ ।