विवाद मिलाउन एमालेका शीर्ष नेताहरु छलफलमा

विवाद मिलाउन एमालेका शीर्ष नेताहरु छलफलमा



नेकपा (एमाले)का शीर्ष नेताहरु पार्टीभित्रको विवाद मिलाउन शुक्रबार साँझ आपसी छलफलमा जुटेका छन् ।

पार्टीका एवं प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, नेताहरु सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, भीमबहादुर रावल, सुरेन्द्र पाण्डेसहितका नेताहरु सिंहदरबारमा छलफलमा जुटेका हुन् ।

बिहीबार अध्यक्ष ओली र नेता नेपालबीच पार्टीभित्रको विवाद कार्यदलमार्फत् छलफल गरी सहमतिमा टुङ्गो लगाउने समझदारी भएको थियो । सोही सहमतिअनुसार लामो समयदेखि जारी विवाद मिलाउन छलफल अघि बढाइएको हो ।

pict:rss