- राजन घिमिरे
आजको विश्व सूचनाप्रविधिको युग हो र यसको महत्व ,उचाई तथा क्षेत्र पनि बिस्तार हुने क्रममा छ । समयको माग र महत्वलाई बुझ्दै देश तथा प्रबास जहाँ भएता पनि अहिले अनलाइन कक्षा पढ्ने र पढाउने कार्यले पनि महत्व पाइरहेको छ । यसै क्रममा एप्लाइड ब्लकचेन लगाएतका सूचना प्रविधिसँग जोडिएका विषयहरूले पनि महत्व पाएका छन् ।
राम्रो अवसर हात पार्न सकिने र विश्वको जहाँ पनि बिक्ने यो ब्लकचेनको डिप्लोमा र एडभान्स डिप्लोमा कोर्ष अहिले नेपालीद्वारा सञ्चालित कलेज किंगस्टन इन्सिच्युट अस्ट्रेलियाले सुरू गरिसकेको छ ।
२१ मे २०२१ देखी हरेक शनिबार र आइतबार कलेजले यो विषयको अनलाइन कक्षा शुरू गर्न लागेको जानकारी दिएको छ । यो विषय पढ्न चाहनेले नेपाल र अस्ट्रेलिया दुवै स्थानबाट पढाइको लागि आवेदन दिन सक्ने कुरा कलेजका प्रिन्सिपल दिपक खनालले जानकारी दिए । यो विषय पढ्दापढ्दै थप अध्ययनका लागि अष्ट्रेलिया आउन चाहने विद्यार्थीहरूले पनि नियम पुरा गरेर अष्ट्रेलिया आउन सक्ने कुरा बताइएको छ ।
‘विद्यार्थीहरूको चाहना र आजको मागलाई ध्यानमा राखेर हामीले यो बिषयको अध्यापन शुरू गरेका हौँ । आजको विश्वको माग र धेरै नै अवसर दिलाउन सक्ने ब्लकचेन विषय पढेर अवसरको सदुपयोग गर्न विद्यार्थीहरू समक्ष आग्रह गर्दछु’- खनालको भनाइ छ ।
प्रतिक्रिया