गंगालाल अस्पतालको नालीबेली-विमल उप्रेती

गंगालाल अस्पतालको नालीबेली-विमल उप्रेती


‘शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले मुटुरोगको उपचारका लागि निकै ख्याति कमाइसकेको छ, तर यसको प्रशासनिक पक्ष तथा आर्थिक विषयलाई लिएर बेलाबेलामा विभिन्न मिडियामार्फत जनगुनासो सार्वजनिक हुने गरेको पाइन्छ, यस्ता गुनासो कति यथार्थपरक र कति दुर्र्नियतवश उठाइएका हुन् ?’ भनी शुभचिन्तकहरूले यदाकदा जिज्ञासा राख्छन् । यसरी सार्वजनिक रूपमा प्रश्न उठेपछि यसबारेको भ्रम चिर्दै अस्पतालका बहुआयामिक पक्षहरूमाथि केही प्रकाश पार्नु यस अस्पतालको स्थापनाकालदेखि पसिना बगाएको एक कर्मचारीका नाताले पङ्क्तिकार आफ्नो कर्तव्य ठान्दछ ।
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र स्वास्थ्य मन्त्रालयअन्तर्गत २०५२ सालमा स्थापना भएको स्वायत्त संस्था हो । तत्कालीन बाँसबासी छालाजुत्ता कारखाना रहेको स्थानलाई मनमोहन अधिकारी प्रधानमन्त्री रहनुहुँदा मुटु अस्पताल बनाउने अवधारणाअनुरूप नेपाल सरकारद्वारा जमिन प्रदान गरिएको हो । डा. मृगेन्द्रराज पाण्डे, डा. अरुण सायमी, डा. भगवान कोइराला, डा. अवनिभूषण उपाध्यायलगायतका वरिष्ठ डक्टरहरूको सामूहिक सोच या अवधारणा थियो यसरी सस्तो, सुलभ र उच्च गुणस्तरीय मुटुरोग उपचार अस्पताल स्थापना गर्ने । उहाँहरूको प्रस्ताव पारित भएपछि नामको बारेमा छलफल हुँदा देशका अन्य शहिदहरूका नामबाट विभिन्न सार्वजनिक ‘कीर्ति’ स्थापित भइसकेका तर गंगालालको नाममा खास केही नदेखिएकोले उनकै नामबाट स्थापना गरिने तय भयो, फलस्वरूप यस अस्पताललाई शहिद गंगालालको नाममा समर्पित गरियो ।
विभिन्न राजनीतिक व्यवधानका बाबजुद ०५५ साल पुस १५ देखि डा. मनबहादुर केसीको नेतृत्वमा ओपीडी सेवा आरम्भ गरेको अस्पतालले ०५७ वैशाख १० गते १० बेडको अन्तरंग सेवा सुरु गर्‍यो । यसरी र्सर्भिस बढ्दै जाँदा जनताको आकाङ्क्षा पनि बढ्दै गयो अनि ‘यस्तो मुटुरोग अस्पताल छ अरे’ भन्ने प्रचार पनि बढ्दै गयो । यही क्रममा ०५८ सालमा नेतृत्व परिवर्तन भई डा. भगवान कोइराला यहाँको कार्यकारी प्रमुख भएर आउनुभयो ।
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको संस्थापक अध्यक्ष अर्थात् पहिलो कार्यकारी प्रमुख डा. अरुण सायमी हुनुहुन्छ । त्यसपछि डा. सम्पूर्णनन्द ढुङ्गाना, उहाँपछि डा. भगवान कोइराला ०५३ सालमा कार्यकारी प्रमुख हुनुभयो भने त्यसपछि डा. दामोदर पोखरेलले सो जिम्मेवारी पाउनुभयो । तर, ०५८ मा पुन: डा. भगवान कोइराला आउनुभयो र लगातार आठ वर्ष काम गरेर केन्द्रका समस्त कर्मचारीको सहयोगमा यस अस्पतालको कायापलट गरी आजको स्थानमा पुर्‍याउने प्रयत्न गर्नुभएको जगजाहेर नै छ ।
०५८ वैशाख १४ गते उहाँ गंगालाल अस्पतालमा कार्यकारी निर्देशकका रूपमा पुनप्रवेश गर्दा उहाँले एउटा अठोट के गर्नुभयो भने आजको मितिले चार महिनाभित्र गंगालाल अस्पताललाई म ‘फुल फ्लेज्ड र्सर्भिस’मा पुर्‍याउँछु र यहीँ नै ओपन हर्ट र्सजरी (मुटुको शल्यक्रिया) गरेर देखाउँछु । वास्तवमा त्यतिखेरको अवस्थामा त्यो एउटा अत्यन्त चुनौतीपूर्ण कार्य थियो, लरतरो इच्छाशक्ति, परिश्रम र क्षमताले त्यो सम्भव नै हुँदैनथ्यो । चार महिनामा यति काम गर्न नसके म टिचिङ अस्पताल नै र्फकन्छु भनेर उहाँले कसम खानुभयो । वास्तवमा डा. कोइरालामा एउटा गजबको आत्मविश्वास झल्कन्थ्यो ।
यसरी डा. भगवान कोइरालाले काम सुरु गर्नुभएलगत्तै देशमा एउटा दुर्भाग्यपूर्ण घटना घट्यो- ०५८ जेठ १९ को राजदरबार हत्याकाण्ड । त्यसले गर्दा गंगालाल अस्पतालको काममा समेत केही समय डिर्स्र्टभ हुन पुग्यो, तर त्यसका बाबजुद ०५८ भदौ १८ गते मुटुको पहिलो अपरेसन गंगालाल अस्पतालमा सम्पन्न भइछोड्यो । त्यो दिन बिहान ५-६ बजेतिर रोल्पाको एक बिरामीको मुटुको पहिलो शल्यक्रिया सफलताका साथ सम्पन्न गरी शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले नेपालको स्वास्थ्य क्षेत्रमा एउटा इतिहास बनायो । यसरी गंगालाल अस्पतालले एउटा नौलो गति लियो । त्यतिबेला सरकारले यसलाई लगभग दुई करोडजति बजेट दिन्थ्यो । तथापि डा. भगवानले यसलाई यस्तो उचाइमा पुर्‍याइदिनुभयो कि सम्पूर्ण नेपालीको एउटा विश्वासको केन्द्रको रूपमा आज यो स्थापित भएको छ ।
‘कुनै पनि बिरामीलाई आर्थिक अभावकै कारण मुटु रोगको उपचार या सेवाबाट वञ्चित गरिने छैन’ भनी घोषणा नै गरीकन डा. भगवान कोइरालाले सोअनुरूप सेवा उपलब्ध गराउन सरकारसँग पहल गर्नुभयो । तत्पश्चात् यहाँ विभिन्न स्किमहरू ल्यायौँ हामीले । जस्तो कि गरिब तथा शुल्क तिर्न नसक्ने बिरामीका लागि नि:शुल्क भल्भ उपलब्ध गराउने व्यवस्था गर्‍यौँ । अहिले ०६८/६९ मा आइपुग्दासम्म हामीले आठ सयवटा मुटुको भल्भ नि:शुल्क वितरण गरिसकेका छौँ । यस्तै विगत तीन वर्षदेखि गंगालालले १५ वर्षमुनिका बालबालिकाको सम्पूर्ण उपचार या अपरेसनहरू पनि नि:शुल्क उपलब्ध गराइरहेको छ । त्यसैगरी ७५ वर्षमाथिका वृद्धहरूका लागि पनि सम्पूर्ण उपचार नि:शुल्क उपलब्ध गराइन्छ । त्यस्तै, शुल्क तिर्न नसक्ने विपन्न परिवारका लागि पनि नेपाल सरकारको निर्णयअनुसार हरेक बिरामीलाई जिल्लाको सिफारिसमा -सम्बन्धित जिल्लाका प्रजिअ सिफारिस कमिटीका संयोजक हुन्छन्, जनस्वास्थ्य अधिकृत र एलडीओलगायत बसेर सिफारिस गर्छन्) हामी पचास हजार सहायता उपलब्ध गराउँछौँ, अर्थात् त्यति बराबरसम्मको औषधि वा उपचार सामग्री उपलब्ध गराइन्छ बिरामीलाई । साथै मुटुको साँघुरिएको भल्भ फुकाउने उपचारका लागि हामीले वर्षको चार सय बिरामीलाई नि:शुल्क सेवा उपलब्ध गराउँछौँ । पीटीएमसी सेवाका रूपमा चिनिने यसका लागि एक करोड ६० लाख खर्च आउँछ । साथै गंगालाल अस्पतालको एक सय ५० वटा बेडमध्ये १५ प्रतिशत बेड गरिब जनताका लागि छुट्याइएको छ । यसरी हेर्दा ०६७/०६८ मा मात्र ५ करोड रुपैयाँबराबरको सेवा शुल्क तिर्न नसक्ने विपन्न बिरामीहरूलाई यहाँबाट उपलब्ध गराइसकिएको छ । यसप्रकारका सेवासम्बन्धी विभिन्न स्किमहरू हामीसँग छन् ।
मुटुरोगको उपचार गर्ने अस्पतालको कुरा गर्दा मुटुसम्बन्धी रोगबारे पनि केही कुरा जोड्नु सान्दर्भिक नै होला । मानिसहरू मुटुसम्बन्धी रोगले मर्थे तर ‘फलाना त सद्दे नै थियो, वाण लागेर ठाउँको ठाउँ ढल्यो’ भन्ने गर्थे । मैले बुझेको यही हो कि त्यसरी अचानक मृत्युवरण गर्नेमध्ये अधिकांशजसो मुटुरोगकै सिकार बन्ने गरेका हुन् । मुटुरोगका अनेक प्रकारहरू छन् । मुटुरोगलाई पहिले-पहिले धनीहरूको रोग भन्थे, अहिले यो सबै तह-तप्काको रोग बनेको छ । दुर्गम स्थानतिर हेर्ने हो भने खानपानको कारणले, चेतनाको अभावको कारणले अति गरिब नागरिकहरूलाई नै बढ्ता समस्यामा पारेको या मुटुरोग लागेको देखिन्छ । जन्मजात मुटुमा प्वाल हुने बिरामी यहाँ अपरेसनका लागि सबभन्दा बढ्ता सङ्ख्यामा आउँछन् । तथ्याङ्कले के भन्छ भने जन्मेको पाँच प्रतिशत बच्चामा जन्मजात नै मुटुमा प्वाल हुने समस्या देखिन्छ, त्यसमध्ये बच्चा बढ्दै जाँदा ८० प्रतिशतमा चाहिँ आफैं त्यो रिकभर हुँदै जान्छ र बाँकी २० प्रतिशतमा भने त्यो रोग कायम नै रहन्छ । गएको वर्ष मात्र त्यस्ता साढे सात सय बिरामीको हामीले उपचार गरेका छौँ । गएको वर्ष जम्मा साढे चौध सयवटा अपरेसन गरेकोमा साढे सात सयमा चाहिँ १५ वर्षभन्दा मुनिका केटाकेटीहरूको अपरेसन गरियो ।
जहाँसम्म संस्थामा अनियमितता भयो या प्रशासनिक कमी-कमजोरी भयो भनिएको विषय छ, यत्रो ठूलो संस्थामा कसैले कुरा उठाउनु स्वाभाविक नै हो । तर, त्यसको मापदण्ड के
हो ? त्यसलाई कसरी मापन गर्ने भन्दाखेरि यहाँको सबभन्दा मुख्य विशेषता भनेकै ट्रान्सपरेन्सी -पारदर्शिता) हो । हरेक कुराहरू पारदर्शी हुन्छ, सहभागितामूलक व्यवस्थापन छ यहाँ । कुनै पनि निर्णय यहाँ सामूहिक हिसाबले हुन्छ । डाक्टरहरू बस्नुहुन्छ, सबै कर्मचारी साथी बस्छन् र महत्त्वपूर्ण निर्णयहरू छलफलबाट मात्र तय हुन्छ । टेबलमा फाइलको थुप्रो लगाएर राख्ने काम यहाँ हुँदैन । नियमसङ्गत छ भने त्यो फाइलमा सही भइहाल्छ, नहुने प्रकारको छ भने हुँदैन । तर, अनावश्यक किसिमले फाइल रोकेर राख्ने या झुलाउने काम यहाँ हुँदैन । कुनै पनि व्यापारी या सप्लायर्सले यहाँ सामान सप्लाई गरेको सात दिनभित्र पेमेन्ट पाउँछ, सात दिनभित्र पेमेन्ट पाएन भने सोझै डाइरेक्टरकहाँ पुगेर कम्प्लेन गर्न सक्छ र यथोचित सुनुवाइ एवम् कारबाही हुन्छ । हरेक वर्ष सरकारी ऐन-नियमअनुसार टेन्डर प्रक्रियाबाट मात्र यहाँ आवश्यक सामान खरिद गरिन्छ । यो विशिष्ट स्वास्थ्य सेवा उपलब्ध गराउने स्वास्थ्य संस्था भएकोले सामान पनि विशिष्ट प्रकारका नै भित्र्याउन चाहन्छौँ हामी । त्यसैले हाम्रो प्राविधिक कमिटीमा विभागीय डाक्टरसाबहरू पनि संलग्न गराइएको हुन्छ ता कि भरपर्दो, विश्वसनीय र गुणस्तरीय सामग्रीहरूले मात्र गंगालाल अस्पतालमा प्रवेश पाओस् । सम्बन्धित प्रविधिबारे जानकारी या राम्रो दखल भएका प्राविधिकले सिफारिस गरेपछि मात्रै प्रशासनले खरिदप्रक्रिया अघि बढाउँछ । कुनै दबाब या हस्तक्षेप गर्ने या आफ्नो कुरा लाद्ने प्रयत्न प्रशासनबाट हुँदैन ।
०५२ देखि हालसम्मको रर्ेकर्ड हेर्दा देशभरका स्वास्थ्य संस्थाहरूमध्ये एउटा गंगालाल अस्पताल मात्रै यस्तो संस्था हो जसको बेरुजु रकम शून्य छ । नेपाल सरकारले ‘बेरुजु शून्य’ प्रमाणपत्रसमेत दिएको छ शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई । यो तथ्यलाई यहाँको पारदर्शिताको एक उदाहरणका रूपमा लिन सकिन्छ ।
आज गंगालालमा कोही नयाँ कर्मचारी काम गर्न आउँदा ‘आहा ! क्या राम्रो सुविधाजनक र व्यवस्थित कार्यालय’ भन्ने अनुभूति गर्छन् । तर, हामी सुरुवातकर्ता कर्मचारीले यस अस्पताललाई आजको अवस्थामा ल्याइपुर्‍याउन निकै दु:ख भोगेका छौँ भन्ने कमैलाई मात्र ज्ञान होला । स्थापनाको समयमा पङ्क्तिकार दोस्रो स्टाफका रूपमा कार्यरत थियो । तत्कालीन बाँसबारी छालाजुत्ता कारखाना लिक्विडेसनमा गएपछि स्वास्थ्य मन्त्रालयको चिसो छिँडीबाट कारखाना रहेको यस स्थलमा गंगालाल अस्पताल ०५३ वैशाख १ गते ‘बसाइँ’ सर्‍यो । उक्त कारखानाका थोत्रा-कवाडी सामानहरू, छालाका थुप्राहरू जमेर बसेको, सिसाका टुक्राहरू, ध्वस्त अवस्थाका बिल्डिङहरू र भद्रगोल अवस्था, जताततै अस्तव्यस्त र कहालीलाग्दो स्वरूप थियो । दिउँसै पनि छिर्न डर लाग्थ्यो । अहिले आकस्मिक सेवा सञ्चालन गरिएको स्थानमा २०-२५ फिट अग्ला छालाका थुप्रा थिए । सिसाले हात काटेर निकै दु:ख झेल्नुपरेको थियो । पुराना बिल्डिङको ‘क्यान्सरजन्य डस्ट’हरू कति निलियो कति ! त्यो सफाइ गर्न मलगायतका दुईजना साथीहरूले गरेको दु:ख अहिले सम्झँदा पनि कहाली लागेर आउँछ । अन्तत: सम्पूर्णानन्द ढुङ्गाना डाक्टरसाप -तत्कालीन डाइरेक्टर)ले सडक विभागसँग समन्वय गरेर डोजर ल्याई सफा गरौँ भन्ने प्रस्ताव ल्याउनुभयो । नेपाल सरकारले दिएको २० लाख बजेटमध्ये जम्मा पाँच लाख निकासा भएको थियो । ओखरपौवासम्म छाला तथा फोहोरहरू पुर्‍याएर डम्प गर्न त ठूलो धनराशि खर्च हुने भयो, भएको बजेट त त्यसैमा सकिने भयो, फेरि अस्पताल केले चलाउने ? यस्तो सवाल पैदा भएपछि हामीले यहीँको जमिनमा खाल्डो खनेर डम्प गर्ने निर्णय गर्‍यौँ र त्यसैअनुसार गरियो । अस्पतालको मुख्य बिल्डिङको मुन्तिर गर्छ अहिले त्यो डम्पिङ स्थल ।
तत्कालीन स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलको कार्यकालमा कार्यकारी निर्देशक डा. कोइरालाको पदावधि समाप्त भएको र टिचिङ अस्पतालमा प्रोफेसरका रूपमा उहाँको नाम पनि निस्केकोले उहाँले यहाँबाट बिदा लिनुभयो । उहाँ टिचिङबाट नै काजमा आउनुभएकोले त्यतिखेर र्फकनैपर्ने बाध्यता पनि परेको थियो । तर, यस यथार्थविपरीत ‘स्वास्थ्यमन्त्रीसँग टसल भएर डा. भगवानले अस्पताल छोड्नुपरेको’ भन्ने किसिमले प्रचारबाजी भयो जो यथार्थ थिएन । डा. कोइरालापछि गंगालाल अस्पतालको जिम्मेवारी बोकेर डा. अरुण मास्के आउनुभयो र त्यसपछि डा. मनबहादुर केसीले नेतृत्व सम्हालिरहनुभएको छ जो ०५५ सालदेखि नै यस अस्पताललाई कसरी अगाडि बढाउन सकिन्छ भनी मन, वचन र कर्मले प्रतिबद्ध रहँदै आउनुभएको स्वास्थ्य क्षेत्रका एक सुपरिचित व्यक्तित्व हुनुहुन्छ ।
यस अस्पतालमा वर्षको एक लाखभन्दा बढी बिरामीलाई ओपीडी सेवा उपलब्ध गराइन्छ । आगामी ०७० सालको अन्त्यसम्मको डेट अपरेसनका लागि बुक भइसकेको अवस्था छ । कुनै पनि इमर्जेन्सी परेको बेलाचाहिँ क्यूभन्दा अगाडि नै अपरेसन सेवा उपलब्ध गराउने काम पनि हुन्छ । अरू प्राइभेट अस्पतालको तुलनामा यो अस्पताल अत्यन्त सस्तो छ । अन्य अस्पतालको एउटा क्याबिनको शुल्क कम्तीमा दिनको पाँच हजार गर्छ, त्यसमा अझ ग्यास, भेन्टिलेटर तथा अन्य सेवाहरूको थप अलग-अलग शुल्क लिन्छन्, प्राइभेट रूपमा कन्सल्ट गरेर ल्याएको भनेर डाक्टरको पनि छुट्टै पारिश्रमिक बिरामीले व्यहोर्नुगर्छ । तर, यहाँ सीसीयूमा जम्मा आठ सय रुपैयाँ मात्र चार्ज लाग्छ । त्यो आठ सयले त बिरामीलाई अक्सिजन किनेर दिन पनि पुग्दैन, भेन्टिलेटरको त कुरै नगरौँ । यो नाफाकेन्द्रित संस्था होइन, सामाजिक सेवामूलक हो । सरकारी स्वामित्वको संस्था पनि भयो यो त । यसकारणले बढी रकम असुलेर नाफा कमाउने सोच गंगालालले कहिल्यै राखेन र राख्दैन पनि । यहाँ जम्मा साढे तीन सयजति कर्मचारी छन्, यी सबको तलबभत्ता यहीँको आन्तरिक स्रोतबाट व्यहोरिन्छ । वारि्षक रूपमा १२ करोडजति खर्च हुन्छ कर्मचारीको तलबभत्तामा, र वर्षको ४८ करोडचाहिँ यो अस्पतालले आम्दानी गर्छ । सरकारबाट २५-२६ करोड बजेट आउँछ । यो रकम शुल्क तिर्न नसक्ने, भल्भ फर्ेर्नुपर्ने, पीटीएमसी गर्नुपर्नेलगायतका बिरामीका लागि च्यारिटीका रूपमा खर्च गरिन्छ । जिल्लाबाट सिफारिस ल्याएका गरिब-निमुखा या असहाय बिरामीलाई ५० हजारसम्मको सहायता उपलब्ध गराइन्छ, त्यसमा पनि निकै बजेट खर्च हुन्छ ।
यहाँको सेवा गुणस्तरीय हुँदाहुँदै पनि मानिस किन अन्य प्राइभेट मुटुरोग अस्पताल जान्छन् त ? भन्ने सवाल पनि सुनिन्छ । यसको कारण के हो भने अहिले पनि हामी नेपालीको मानसिकता ‘सरकारी संस्था’ भनेपछि विश्वास नगर्ने खालको छ । तर, गंगालालमा मानिस आइपुगेपछि ‘कतै महँगो प्राइभेट अस्पतालमा पो आइपुगिएछ कि !’ भनेर एकपटक त झुक्किन्छ । किनकि, यहाँबाट बिरामीलाई प्रदान गरिने सुविधा, बिरामीलाई गरिने क्विक रेस्पोन्स अन्यत्रबाट त पाउँदै पाउँदैनन् बिरामी र तिनका आफन्तले । सरकारी अस्पतालमा हुन्छ भन्ने सोचिएको ढिलासुस्ती, कमजोर सेवा, नातावाद-कृपावादजस्ता विकृति यहाँ पटक्कै छैन । ‘बिरामी र उनका आफन्तसँग नराम्रो व्यवहार गर्नुहुँदैन, उनीहरू दु:ख र पीडामा परेका हुन्छन्, त्यसैले उनीहरूलाई सान्त्वना दिन जान्नुगर्छ, सचेत गराउनुगर्छ’ भनेर हाम्रा स्टाफहरूलाई बारम्बार सचेत गराउने र तालिम नै दिने गरिन्छ यहाँ ।
नेपाल सरकारले दिएको ५० हजार सहयोगबाट अस्पतालले ठग्ने गर्छ भन्नेजस्तो भ्रमपूर्ण आक्षेप पनि लाग्ने गरेको हामी यदाकदा सुन्छौँ । तर, त्यो फगत भ्रम हो । यस्तो सम्भावना नै हुँदैन । जिल्लाको सिफारिसबाट आएका बिरामीलाई सहुलियत दिने क्रममा यदि ५० हजारभन्दा कममै उसको उपचार सकियो भने बचेको रकम सोही कोषमा जान्छ र अर्को बिरामीको उपचारमा प्रयोग हुन्छ । अर्थात्, सम्बन्धित बिरामीले पचास हजारबराबरको उपचार सेवा पाउने हो न कि पचास हजार नगद । निर्धन र गम्भीर मुटुरोगीले उपचारमा सहुलियत पाओस् भनी नेपाल सरकारले प्रदान गरेको राहतप्रति कृतज्ञ हुनुको साटो उल्टै दुष्प्रचारमा उत्रनु कतिसम्म न्यायोचित विषय हो, सोच्न सकिन्छ ।
मुलुकका विभिन्न स्थानमा वर्षको १२-१३ वटा मुटुसम्बन्धी सचेतनामूलक नि:शुल्क स्वास्थ्य शिविर यस अस्पतालले सञ्चालन गर्दै आएको छ, जसबाट मुटुरोगबारे आमतप्काले पनि निकै जानकारी हासिल गर्दछन् । मुटुरोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन यो अस्पताल कटिबद्ध भएर लागिपरेको छ । मुलुकको एक विशिष्ट स्वास्थ्य संस्था हुनुको गौरव कायम राख्दै शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले हालसम्ममा मुलुकको करिब २० अर्ब रुपैयाँभन्दा बढी रकम जोगाइदिएको छ भन्ने जानकारी गराउन पाउँदा हामी गौरव अनुभूति गर्दछौँ ।
(लेखक शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका आर्थिक प्रशासन प्रमुख हुन् ।)