श्रीलङ्काले १० दिनका लागि विदेशी यात्रुको प्रवेशमा रोक लगाएको छ । मुलुकले कोभिड-१९ को सङ्क्रमण वृद्धिलाई रोन्ने वा नियन्त्रण गर्ने प्रयासस्वरूप विदेशी यात्रुलाई प्रवेश गर्नमा रोक लगाएको यहाँको नागरिक उड्डयन प्राधिकरणले बिहीबार जानकारी गराएको छ ।
प्राधिकरणका विज्ञप्तिमा भनिएको छ- ‘कोभिड-१९देशको स्थिति नियन्त्रण गर्न एक श्रीलङ्काका सबै अन्तर्राष्ट्रिय विमानस्थलले २१ मे को ११ः५९ मिनेटपछि ३१ मे सम्म कुनै पनि विदेशी यात्रुलाई ओसारपसार गर्न दिने छैनन् ।’
यद्यपि यदि कुनै मुलुकको विमान श्रीलङ्काको एयरपोर्टबाट अवतरणको १२ भित्र उडान गर्नेगरी प्रयोग गर्न चाहेमा यात्रुको ट्रान्जिटका लागि भने उक्त देशका विलमानस्थल खुला रहने छन् । यसबाहेक श्रीलङ्काबाट अन्तरराष्ट्रिय उडान भर्न तथा कार्गो र मानवीय सहयोगका लागि आउने विमानको आगमनलाई पनि अनुमति दिइएको एनआईले जनाएको छ ।
श्रीलङ्का कोभिड–१९ महामारीको तेस्रो लहरको सामना गरिरहेको छ । यहाँ हालसम्म एक लाख ५१ हजार व्यक्ति सङ्क्रमित भएका छन् जसमध्ये एक हजार ५१ जनाको मृत्यु भइसकेको छ ।
बुधवार श्रीलङ्कामा अहिलेसम्मके सबैभन्दा बढी तीन हजार ६२३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएपछि सरकारले यस्तो कदम चालेको बताइएको छ ।
प्रतिक्रिया