टिकटकका लागि भिडियो बनाउँदा पाकिस्तानमा ‘टिकटक स्टार’को मृत्यु

टिकटकका लागि भिडियो बनाउँदा पाकिस्तानमा ‘टिकटक स्टार’को मृत्यु


भिडियो सामाजिक सञ्जाल टिकटकका लागि भिडियो बनाउँदै गर्दा पाकिस्तानमा एक टिकटक स्टार’को मृत्यु भएको छ । आफैंलाई पेस्तोलले हानेको अभिनय गर्दा पेस्तोल पड्किएर १९ वर्षीय एक युवकको मृत्यु भएको हो ।

पाकिस्तानको काबल भन्ने ठाउँमा बुधबार घटना भएको हो । काबलको स्थानीय प्रहरी अधिकारीले पनि भिडियो बनाउदै गर्दा ती युवकको मृत्यु भएको पुष्टि गरेको एएनआईले जनाएको छ ।

‘हामीले गरेको अनुसन्धानको प्रारम्भिक विवरणअनुसार मआबान्द शाह धेराइमा बस्ने टिकटक स्टार हमिदुल्लाहले टिकटकका लागि भिडियो बनाउने क्रममा आफैले आफैँलाई पेस्तोल प्रहार गरेको र निधन भएको पाइएको छ’– घटनाको छानबिनमा सम्बद्ध प्रहरी अधिकारीको भनाइ छ ।

घटना भएको थाहा पाउने वित्तिकै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरेको र शवलाई अस्पतालमा लगेर परीक्षण गराएको थियो ।

मृत्यु भएका हमिदुल्लाह टिकटकमा निकै चर्चित रहेको समाचारमा जनाइएको छ ।