देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन विपक्षी गठबन्धनको तयारी

देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन विपक्षी गठबन्धनको तयारी



प्रधानमन्त्री केपी ओलीविरुद्धको गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बहुमत पुगेको भनी राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्न लागेका छन् । देउवाको पक्षमा १४९ सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धन राष्ट्रपति कार्यालय पुगेका छन् ।

संविधानको धारा ७६ (५) अनुसार नयाँ प्रधानमन्त्रीमा कांग्रेस सभापति देउवालाई नियुक्त गर्न कम्तिमा १३६ सांसदको समर्थन आवश्यक पर्नेमा विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षर संकलन भएको दाबी गरेको छ । देउवाको समर्थनमा कांग्रेस, माओवादी, जसपा र एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले हस्ताक्षर गरेका बताइएको छ ।

सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा संयुक्त बैठक बसेर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने निचोडका साथ उनीहरु शितलनिवासतर्फ लागेका हुन् ।