देउवाले लगाए संविधान समाप्त गर्न उद्दत रहेको आरोप

देउवाले लगाए संविधान समाप्त गर्न उद्दत रहेको आरोप



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षा गर्नुपर्ने परिस्थिति निम्तिएको भन्दै संविधान रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट हुन आह्वान गरेका छन् ।

शनिबार एक वक्तव्यमार्फत उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राजनीतिक र न्यायिक लडाइँ लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘एकपटक प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसक्नुभएका र अर्को पटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरिसक्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनःप्रधानमन्त्री नियुक्त गरिएकामा आपत्ति जनाउँदै संविधानको व्यवस्था र भावनानुसार प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीका लागि दावी गर्न सक्नुहुन्न ।’

त्यस्तो दाबीलाई स्वीकार गरी पुनः ओलीलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक भएको भन्दै देउवाले राष्ट्रपति र प्रधानमन्त्री नेपालको संविधान समाप्त गर्न उद्दत रहेको आरोप समेत लगाएका छन् ।