मध्यावधि निर्वाचनको तयारीमा जुट्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन

मध्यावधि निर्वाचनको तयारीमा जुट्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन



प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर उहाँले आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिशमा गए राति दुई चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोक्नुभएको छ । निर्वाचन आयोगका आयुक्तहरुसँग प्रधानमन्त्री ओलीले राजनीतिक निकास अपरिहार्य भएकाले नै मुलुक निर्वाचनतर्फ अघि बढेको स्पष्ट पार्नुभएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार राष्ट्रपति भण्डारीले निर्वाचनको मिति तोकेपछि प्रधानमन्त्रीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत अन्य आयुक्तसंँग छलफल गर्नुभएको हो ।