म्याराथन दौडमा सहभागी २१ जनाको कठ्याङ्ग्रिएर मृत्यु

म्याराथन दौडमा सहभागी २१ जनाको कठ्याङ्ग्रिएर मृत्यु



चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला २१ जना प्रतियोगीको मृत्यु भएको छ ।

प्रतियोगितामा सहभागी भएका अरु प्रतियोगीहरु भने सम्पर्कमा रहेको सिन्ह्वाले जनाएको छ ।

चीनको गान्सु प्रान्तमा आयोजना गरिएको १०० किलोमिटरको क्रस कन्ट्री हिमाली म्याराथन दौड प्रतियोगिताका क्रममा यस्तो घटना भएको हो । प्रतियोगिता भइरहेको बेला एक्कासी मौसम खराब भएपछि कठ्याङ्ग्रिएर प्रतियोगीहरुको मृत्यु भएको जनाइएको छ ।

पर्यटकीय क्षेत्रको रुपमा चर्चित बैयीन सहरको जङताइ भन्ने ठाउँमा स्थानीय समय अनुसार शनिबार बिहान ३ बजे यो घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

मौसम अचानक गडबड भएर प्रतियोगीहरुलाई असर गरेपछि तत्कालै घटनास्थलमा उद्धारकर्ताहरु परिचालन गरिएको थियो । उनीहरुले नै मृतक र घाइतेहरुलाई उद्धार गरेका थिए ।

घटनामा परी केही प्रतियोगिहरु घाइते भएका र उनीहरुको उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतियोगितामा १७२ जना प्रतियोगी सहभागी भएका थिए । उनीहरुमध्ये अधिकांशको अवस्था सामान्य नै रहेको जनाइएको छ ।