भारतमा एकै दिनमा २१ लाख २३ हजारको कोरोना परीक्षण

भारतमा एकै दिनमा २१ लाख २३ हजारको कोरोना परीक्षण



भारतमा एकैदिनमा २१ लाख २३ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ । एकै दिनमा यति धेरै कोरोना परीक्षण गरिएको यो पहिलो पटक भएको बताइएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार एकै दिनमा २० लाखभन्दा बढीको कोरोना परीक्षण गरिएको यो पाँचौ दिन हो । पछिल्लो २४ घण्टामा भारतमा २१ लाख २३ हजार ७८२ हजार जनाको कोरोना परीक्षण गरिएको एएनआईले जनाएको छ । भारतमा दैनिक २५ लाख जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमता रहेको पनि सम्बद्ध अधिकारीहरुले बताएका छन् ।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी आउँदै गएको देखिएको छ । पछिल्ला केही दिनदेखि दैनिक तीन लाखभन्दा कम सङ्क्रमित हुने गरेका छन् ।