‘कमाउ धन्धा गरेकी छैन’ : नेजस साइप्रस अध्यक्ष

‘कमाउ धन्धा गरेकी छैन’ : नेजस साइप्रस अध्यक्ष



नेपाली जनसम्पर्क समिति (साइप्रस)का अध्यक्ष सीता अर्यालले ‘घटना र विचार’को अनलाइन संस्करणमा २०७७ जेठ १० गते प्रकाशित ‘विदेशमा बसेर पार्टीको नाममा कमाउ धन्दा’ शीर्षकमा प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।

उक्त समाचारमाथि प्रतिक्रिया जनाउँदै अर्यालद्वारा प्रेसित पत्रमा भनिएको छ-

‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा बिरामीहरूका लागि स्वास्थ्य सामग्री खरिद गर्ने अभिप्रायले नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाद्वारा हस्ताक्षर गरिएको नेपाली कांग्रेस, केन्द्रीय कार्यालयले विदेशस्थित जनसम्पर्क समितिका अध्यक्षहरूलाई जारी गरिएको परिपत्र पश्चात् हामीले पनि हाम्रा सदस्य तथा शुभेच्छुहरुवाट आर्थिक सहयोग संकलन गर्ने कार्यलाई तीव्रता दिएका हौँ। यसरी रकम संकलन गर्ने अभियान साइप्रसमा मात्र नभई संसारभर रहेको यहाँहरुलाई अवगत नै होला ।’

‘समाचारमा भनेजस्तै मैले कहीँकतै कुनै पनि कमाउ धन्धा नगरेको बरु पार्टीको नीति र निर्देशन अनुसार देशको वर्तमान गम्भीर स्वास्थ्य संकटलाई थोरै भए पनि सहयोग गर्ने पवित्र उदेश्यका साथ काम गरेको यहाँमार्फत सबैमा जानकारी गराउन चाहन्छौँ ।’

‘हामीले रकम संकलन अभियान सकिने बित्तिकै सम्पूर्ण विवरण पारदर्शी रूपले सार्वजनिक गर्ने तयारी गरेको ब्यहोरा अवगत गराउन चाहन्छु ।’
– सीता अर्याल, अध्यक्ष (जनसम्पर्क समिति साइप्रस)

ज्ञातव्य छ, घटना र विचारमा समाचार प्रकाशित भएपछि अध्यक्ष अर्यालले ३,८५१ युरो सहयोग रकम संकलन भएको सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी छन् । सो रकम प्रेसित गरे-नगरेको भने उनले खुलाएकी छैनन् ।

https://www.ghatanarabichar.com/219101