नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६,९५१

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६,९५१



बिहीबार नेपालमा ६,९३९ जनामा कोरोना संक्रमण देखिएको छ । २०,९९२ नमूना परीक्षण गराउँदा यो संख्यामा संक्रमण पाइएको हो ।

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घन्टामा ७ हजार २२६ जना कोरोनामुक्त भएका छन् भने बिहीबार कोरोना संक्रमणबाट १०६ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६,९५१ पुगेको छ ।

गत २४ घण्टामा ७,२२६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । बुधबार पनि ६,७१६ जना संक्रमित डिस्चार्ज भएका थिए ।