बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि आक्रमण !

बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि आक्रमण !


  • अभिनव गुप्ता, नेपालगन्ज

कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । मृतकका आफन्तबाट भएको आक्रमणमा परि चार जना नर्सिङ स्टाफ र एक चिकित्सक घाइते भएका अस्पतालले जनाएको छ ।

जेठ ४ गतेदेखि भेरी अस्पतालमा उपचाररत दाङका डिल्लीबहादुर रावतको उपचारका क्रममा बिहीबार राति ८ बजेतिर मृत्यु भएपछि उनका आफन्तहरुले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमा तोडफोड गरेको अस्पतालले जनाएको छ ।

मृतकको कुरुवा रहेका मानबहादुर रावतसहितको समूहले नर्सिङ स्टाफमाथि हातपात गरेको, चिकित्सकलाई आक्रमण गरेको र आईसीयू कक्ष तोडफोड गरेको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

घटनालगत्तै प्रहरीले मानबहदुरसहित तीन जनालाई पक्राउ गरेको छ भने अन्यको खोजी गरिरहेको जनाएको छ ।