काठमाडौं उपत्यकामा जेठ मसान्तसम्म निषेधाज्ञा, नियममा केही सहजता

काठमाडौं उपत्यकामा जेठ मसान्तसम्म निषेधाज्ञा, नियममा केही सहजता



काठमाडौं उपत्यकामा दश दिन निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले यही जेठ २१ गतेदेखि जेठ ३१ गतेसम्म १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । उपत्यकामा विगत एक महिनादेखि निषेधाज्ञा जारी रहेको छ ।

पछिल्लो निर्णयअनुसार निषेधाज्ञाका क्रममा अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसल बिहान ९ बजेसम्म खुल्ने दिइने छ भने उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न पाइने, ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने गरी खुकुलो नीति अवलम्बन गरिएको छ ।

जिप्रकका काठमाडौंले जनाएअनुसार अब स्वास्थ्य मापदण्ड पूरा गरेर बिहान ९ बजेसम्म वर्कशप पनि सञ्चालन गर्न पाइने छ । तर त्यसका लागि उद्योगले कामदारको आवासीय व्यवस्था मिलाउनुपर्ने प्रावधान गरिएको छ ।

ज्ञातव्य छ, यसअघि उपत्यकामा थपिएको एक साता लामो निषेधाज्ञा बिहीबार राति मध्यरातमा सकिँदै छ। आजको निर्णय त्यसपछि मात्र लागू हुनेछ ।