कहाँ कतिले ज्यान गुमाए ?
कोरोना भाइरस महामारीका कारण बिहीबार अपराह्नसम्म ३७ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोभिडबाट सबैभन्दा बढी संयुक्तराज्य अमेरिकामा ६ लाख ११ हजार व्यक्तिको ज्यान गएको छ भने दोस्रो स्थानमा रहेको ब्राजिलमा ४ लाख ६७ हजारको मृत्यु भएको छ ।
यस्तै भारतमा ३ लाख ३८ हजार, मेक्सिकोमा २ लाख २८ हजार, पेरुमा १ लाख ८४ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २६ हजार, रसियामा १ लाख २२ हजार, फ्रान्समा १ लाख ९ हजार, कोलम्बियामा ८९ हजारको मृत्यु भएको छ ।
विश्वभर १७ करोड २४ लाखभन्दा बढी व्यक्ति कोभिड-१९ बाट संक्रमित भएकामध्ये १५ करोड ५० लाख व्यक्ति संक्रमणमुक्त भएका छन् । संक्रमित व्यक्तिमध्ये करिब ९० हजार व्यक्तिको स्वास्थ्य अवस्था जटिल रहेको बताइएको छ ।
विश्वभर करिव एक अर्ब ९८ करोड डोज खोप लगाइएको छ जसमा चीनमा गरिएको खोप अभियान समेटिएको छैन । सिन्ह्वाका अनुसार चीनमा बुधबारसम्ममा ७० करोडभन्दा बढी डोज खोप लगाइएको छ ।
प्रतिक्रिया