- जापान प्रतिनिधि
साविकको राप्तीका विभिन्न जिल्लामा कोभिडका कारण अक्सिजनको अभाव बढेसँगै संक्रमितहरु उपचार हुन नसकेका समाचारहरु सामाजिक सन्जालमा आएलगत्तै राप्ती क्षेत्रबाट विभिन्न पेशा व्यवसाय तथा अध्ययनको सिलसिलामा जापानमा रहेका सम्पूर्णलाई समाजले सहयोगको लागि आह्वान गरेको थियो । यस्तो संकटको घडीमा आफूहरुले पनि सहयोग गर्नुपर्छ भनी उनीहरु यस अभियानमा जोडिएका थिए ।
संकलन भएको रकमबाट समाजले राप्तीभित्रका अति भन्दा अति संक्रमण भइ समस्यामा परेका क्षेत्रलाई स्वयम् उपस्थिति भइ हस्तान्तरण गर्ने लागेको छ स्वास्थ्य सामाग्रीहरु खरिद गर्ने र स्वयम् उपस्थित भइ हस्तान्तरण गर्ने हाल नेपालमा रहेकोले संस्थाका सरंक्षक विशेश्वर रेग्मीलाई जिम्मा दिएको छ । अभियानबाट संकलित रकम र समाजको आन्तरिक कोषबाट १ लाख गरी ४,३२,३५७ रुपैयाँ रकम आजै नेपाल पठाइएको महासचिव प्रकाश ओलीले बताउनु भयो ।
राप्तीबासीहरु अक्सिजन नपाइ छटपटाईरहेको देख्दा आफूहरुले हेरेर बस्न नसकी सानै भए पनि आफ्नो क्षेत्रबाट सहयोग गर्नु दायित्व भएको भन्दै अभियानमा सहयोग गर्ने सबै राप्तीबासी सहयोगी दाताहरु समाजका अध्यक्ष युवराज रेग्मी र उपाध्यक्ष मनराज विश्वकर्माले धन्यवाद दिनुभएको छ ।
समाजले यसअघि पनि दिलबहादुर रम्तेल बचाउ अभियान, धुर्मुस सुन्तली फाउन्डेसनको नमूना नेपाल परियोजना, सिद्धार्थ माध्यामिक विद्यालय घोप्टेओढार पातिहाल्ना रोल्पा जिनाबाङ, दाङका भुकम्पपीडित, ब्लड क्यान्सरबाट पीडित भएकी रुकुमपश्चिम सानीभेरी गाउँपालिका–३ गरायलाकी जमुना नगाल गहतराजलाई उपचार्थ सहयोग, लडेर मेरुदण्ड भाँचिइ थला परेका सिन्धुली जिल्ला घ्याङलेक गाउँपालिका–१ का सुरेन्द्र कुमार बम्जन, रुकुमपूर्वकै मुटुभित्र प्वाल परेका शरद ओलीलाई आर्थिक सहयोगलगायत जापानमा विभिन्न समस्यामा पर्दै आएका नेपालीहरुलाई सहयोग गर्दै आएको छ ।
दुःखपीडामा रहेका नेपालीहरुको लागि समाज एउटा सहयोगी साथी बनेको छ । यसरी विभिन्न समस्यामा परेकाहरुलाई सहयोग गर्दा आफूलाई पनि गर्व लाग्ने र पीडितको घाउमा मल्हम लगाउने काम गरिएको राप्ती समाजका महासचिव प्रकाश ओलीले बताउनुभयो ।
प्रतिक्रिया