‘विश्वव्यापी लकडाउन र यातायात बन्दले जलवायुमा सकारात्मक प्रभाव’

‘विश्वव्यापी लकडाउन र यातायात बन्दले जलवायुमा सकारात्मक प्रभाव’


विश्वव्यापी रुपमा भइरहेको लकडाउन र हवाइ सेवा बन्दका कारण जलवायुमा सकारात्मक प्रभाव परेको पाइएको छ ।

कोरोना भाइरस र त्यसको महामारीका कारण धेरै क्षेत्रमा नकारात्मक असर परे पनि जलवायुको क्षेत्रमा भने यसले सकारात्मक प्रभाव परेको पाइएको हो ।

हालै गरिएको अध्ययनले लामो समयसम्म विश्वका धेरै ठाउँमा लकडाउन हुँदा यातायातका साधन रोखिएको, उद्योग तथा कारखाना बन्द भएको, मानिसको चहलपहल कम भएकोलगायतका कारणले जलवायु प्रदुषणमा न्युनिकरण भएको देखाएको छ ।

उनीहरुले विषेश गरेर अहिलेको हवाई यातायातको अवस्था र त्यसले जलवायुमा पारेको प्रभावका बारेमा अध्ययन गरेका थिए ।

अध्ययन विषेश गरेर गत वर्ष सन् २०२० को मार्च र मेमा विश्वका धेरै ठाउँमा लकडाउन भएकाले त्यति बेलाकै अवस्थालाई केन्द्रीत गरिएको छ ।

त्यही समयमा अघिल्ला वर्षमा हुने जलवायुको अवस्थासँग तुलना गरेर अध्ययन गरिएको अध्ययनकर्ताले जनाएका छन् ।

‘इन्भारोमेन्ट रिसर्च लेटर्स’मा प्रकाशित यो अध्ययन जर्मनीको लेइप्जीङ विश्वविद्यालयका प्राध्यापक जोहन्स क्वासको नेतृत्वमा गरिएको हो ।