सरकारले हप्ताको तीन वटा अन्तर्राट्रिय उडान खुल्ला गरेपछि विदेशबाट आउने नेपाली तथा विदेशी यात्रुहरुका लागि अनिवार्य क्वारेन्टिनको ब्यवस्था गरेको छ । यस नियमअनुसार विभिन्न देशबाट नेपाल आउने यात्रुले पहिले नै होटल बुक गर्नुपर्ने हुन्छ ।
यस्तै, अशक्तका लागि स्याहार गर्न स्वदेश आउन लागेका, काजक्रियाका लागि आउन लागेकाहरुका लागि भने वडाको सिफारिश अनिवार्य गरिएको छ । ७५ वर्षमाथिका जेष्ठ नागरिक र ५ वर्षमुनिका बालबालिका र उनीहरुसँग आउने आमाबाबुले अनिवार्य होम क्वारेन्टिन बस्ने गरी स्थानीय तहको सिफारिशमा घर जान दिइनेछ ।
क्वारेन्टिन बस्नका लागि सरकारले निम्न होटेलहरुको ब्यवस्था गरेको छ । प्लेन चढ्नुअघि यात्रुले साथमा होटेलको बुकिङ पेश गर्नुपर्ने ब्यवस्था गरिएको छ ।
हेर्नुहोस् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा जारी गरिएको होटल क्वारेन्टिनको लागि थप होटलहरुको नामावली –
प्रतिक्रिया