अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउनेबारे मन्त्रालयद्वारा जानकारी

अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउनेबारे मन्त्रालयद्वारा जानकारी


नेपाललाई संयुक्त राज्य अमेरिकाले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मन्त्रालयका तर्फबाट विज्ञप्ति जारी गर्दै अमेरिका सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको खोप सहयोग गर्ने निर्णय गरेको जानकारी गराएका हुन् ।

कुन र कति मात्रा खोप दिने भन्ने मन्त्रालयको विज्ञप्तिमा उल्लेख भएको छैन ।

‘कोभिड–१९ विरुद्धको खोप नेपाललाई उपलब्ध गराउने घोषणा गर्नु सराहनीय छ । यस सहयोगको घोषणाप्रति हार्दिक धन्यवादसहित आभार प्रकट गर्दछौँ । साथै भविष्यमा नेपाल र नेपालीका तर्फबाट यस किसिमका साथ र सहयोगको अपेक्षा गर्दछौंँ’, विज्ञप्तिमा भनिएको छ ।

यसअघि पनि कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अमेरिकाले स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।