खोप सुनिश्चित गर्न सरकार केन्द्रित हुने

खोप सुनिश्चित गर्न सरकार केन्द्रित हुने



नवनियुक्त उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नागरिकलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न सरकार केन्द्रित हुने बताएका छन् ।

शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदबारस्थित अर्थ मन्त्रालयमा पदबहाली गर्दै अर्थमन्त्री पौडेलले कोभिड–१९ पराजित गरी सहज अवस्थामा फर्कन सरकारका सबै सामर्थ्य लगाइने प्रतिबद्धता जनाए । उनले कोभिड–१९ ले सिर्जना गरेको प्रतिकूलता हटाउँदै आर्थिक पुनरुत्थान र पूर्वनिर्धारित समयमा निर्वाचन गराउन अभिभारा पूरा गरिने बताए ।

पदबहालीका क्रममा अर्थमन्त्री पौडेलले सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र एचडियु जडान तथा रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सहमति दिनेसम्बन्धी फाइल स्वीकृत गरेका अर्थमन्त्रालयको सचिवालयले जनाएको छ ।

तस्बिर रासस