राजेन्द्र महतोको विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीको धारणा माग

राजेन्द्र महतोको विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीको धारणा माग



नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वनेताहरू खनाल-नेपालको समूहले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गरेको छ । सो समूहले शनिबार भर्चुअल माध्यमबाट बैठक गरेको थियो । बैठकले एकताका लागि वार्ता र संवादलाई विभिन्न कोणबाट अगाडि बढाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट पार्टी एकताका लागि इमान्दारीपूर्ण प्रयत्न नभएको आरोप सो समूहका नेताहरूले दोहोऱ्याएका छन् । बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने सरकारको निर्णय तथा चुरेका ढुंगा, गिट्टी र बालुवा निकासी गरिने विषयप्रति आपत्ति जनाउँदै कोरोना संक्रमितको उपचारमा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकले राष्ट्रियताका सन्दर्भमा नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको ‘बहुराष्ट्र राज्य’सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै सोबारे प्रधानमन्त्रीको धारणासमेत माग गरेको छ ।