श्वास फेर्न गाह्रो भएपछि पूर्वप्रधानमन्त्री खनालको उपचार अक्सिजनको सहयोगमा

श्वास फेर्न गाह्रो भएपछि पूर्वप्रधानमन्त्री खनालको उपचार अक्सिजनको सहयोगमा



थकान मशसूस भएको भन्दै सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना हुन पुगेका पूर्वप्रधानमन्त्री झलनाथ खनालको वार्डमा राखेर अक्सिजनको सहयोगमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

गत नौ दिनदेखिको ज्वरो कम नभएपछि एमाले नेता खनाललाई सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने र श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि खनाललाई अस्पताल भर्ना गरिएको हो । नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुन सक्ने अनुमान गरिएको छ ।

यसअघि नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईले ‘त्यस्तो कुनै समस्या नभएको र दुई-तीन दिनपछि घर फर्किने’ बताएका थिए ।

file photo