जिम्बाबेका प्रथम राष्ट्रपति केनेथ काउन्डा कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
कोभिड सङ्क्रमणपछि स्वास्थ्यमा थप जटिलता आउँदा ९७ वर्षीय काउन्डालाई अस्पताल भर्ना गर्नुपरेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
दक्षिण अफ्रिकी मुलुक जिम्बाबेका पूर्वराष्ट्रपति काउन्डाको निजी सचिवालयले उनको स्वास्थ्य लाभका लागि प्रार्थना गरिदिन सबैसँग अनुरोध गरेको छ ।
जिम्बाबेमा पछिल्लो समय सङ्क्रमितको सङ्ख्यामा नाटकीय रूपमा वृद्धि हुँदैआएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
जिम्बाबेमा अहिलेसम्म कुल एक लाख आठ हजार सङ्क्रमित भएका छन् भने एक हजार ३४८ जनाको मृत्यु भएको छ ।
बेलायती उपनिवेशबाट मुलुकलाई मुक्त गराउन नेतृत्वदायी भूमिका खेल्नु भएका काउन्डा सन् १९६४ मा मुलुकको पहिलो राष्ट्रपतिका रूपमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया