- डम्बर निदाल, डडेल्धुरा
लगातारको वर्षातका कारण सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग मंगलबार बिहानदेखि अवरुद्ध भएको छ ।
भीमदत्त राजमार्गअन्तर्गत आलिताल गाउँपालिका-१ गैराभन्दा डडेल्धुरातर्फ सडकमाथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरी चौकी गाङखेतका इन्चार्ज खगेन्द्र कार्कीले जानकारी दिएका छन् ।
पहिरोले राजमार्ग अवरुद्ध भएपछि अहिले तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका ५५-६० र पहाडबाट तराई जाने ४५-५० जति सवारी साधन रोकिएको प्रहरीले जनाएको छ ।
एकाबिहानै आकस्मिक रूपले पहिरो आएपछि सवारी साधन बीच बाटोमै रोकिएका कारण बाटो खोल्न दुई डोजरहरू प्रयोगमा रहेको र पहिरो जाने क्रम नरोकिएकोले खोल्न समय लाग्ने इन्चार्ज कार्कीले बताए ।
प्रतिक्रिया