नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ८,६४१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार शुक्रबार ४,०२० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । अब मुलुकभर कोरोना जित्नेको संख्या ५ लाख ४९ हजार ६ सय ८२ पुगेको छ।
मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा २,७६८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६,१७,९४७ पुगेको छ।
प्रतिक्रिया