बाघको आक्रमणबाट दुई घाइते, प्रतिकारमा बाघको मृत्यु

बाघको आक्रमणबाट दुई घाइते, प्रतिकारमा बाघको मृत्यु



कास्कीमा बाघको आक्रमणबाट शुक्रबार दुई जना घाइते भएका छन् । जिल्लाको रुपा गाउँपालिका–७ धारापानी बस्ने ३४ वर्षीय तुलबहादुर गुरुङ र ३२ वर्षीय मीलन गुरुङ बाघको आक्रमबाट घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

तुलबहादुर बिहान आफ्नै बारीमा घाँस काट्न जाँदा अचानक बाघ देखेपछि भाग्ने क्रममा पछाडिबाट चिथोरेर बाघले घाइते बनाएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

यसैगरी स्थानीयवासीले देखेर बाघको प्रतिकार गर्ने क्रममा सोही ठाउँ बस्ने ३२ वर्षीय मिलन गुरुङको टाउकामा चोट लागेर घाइते भएको र दुवैको भिरचोक स्वास्थ्य चौकीमा उपचार गरिएको प्रहरीले जनाएको छ ।

स्थानीयवासीको प्रतिकारका क्रममा बाघको भने घटनास्थलमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

symbolic image