तप्त विष्टको निधनमा देउवाद्वारा दुःख व्यक्त

तप्त विष्टको निधनमा देउवाद्वारा दुःख व्यक्त



नेपाली कांग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख प्रकट गरेका छन् । सुर्खेत कांग्रेसका पूर्वसभापति विष्टको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।

कोरोना संक्रमणका कारण गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार हुँदै आए पनि सुधार नआएपछि बिष्टलाई जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । भेन्टिलेटरमा राखेर उपचार भैरहे पनि उनको स्वास्थ्यमा सुधार आउन नसकी शनिबार राति निधन भएको बताइएको छ ।

बिष्ट तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री बनेका थिए । उनको निधनप्रति समवेदना प्रकट गर्दै सभापति देउवाले भनेका छन्- ‘पूर्वराज्यमन्त्री एवं सुर्खेत कांग्रेसका पूर्वसभापति तप्तबहादुर विष्टको निधनको खबरले निकै दुखी भएको छु। तप्तजी एक निष्ठावान नेता हुनुहुन्थ्यो । उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति भएको छ । उहाँको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’