- जापान प्रतिनिधि
नवलपरासी सुस्तापूर्व देवचुली नगरपालिका रजहर १६ मा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय अस्पातललाई ल्याबसम्बन्धीका करिव ११ लाख बराबरको उपकरण नवलपुर समाज जापानद्वारा ल्याब सञ्चालन र स्थापनाका लागि शनिबार एक कार्यक्रमका बीच उपकरण हस्तान्तरण गरेको छ ।
समाजले स्थापनाकालदेखि नै नवलपुर जिल्लामा प्राकृतिक प्रकोप, शिक्षा क्षेत्र स्वास्थ्य क्षेत्र लगायत अरु विभिन्न जिल्लामा आएका समस्याहरुमा सहयोग गर्दै आएको जानकारी दिँदै आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नवलपुर समाज जापान संस्थापक अध्यक्ष केशव पौडेलले सामुदायिक प्राकृतिक चिकित्सालयमा प्याथोलोजी ल्याब सञ्चालन गर्न र बिरामीलाई थप उपचारको लागि बाहिर जान नपरोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा देवचुली वडा नं १६ का वडाध्यक्ष केशरबहादुर क्षेत्रीले सामुदायिक प्राकृतिक चिकित्सालयमा भएका बिरामीहरुलाई ल्याब नहुँदाको कारण थप उपचारको लागि नारायणगढ चितवन पठाउनुपर्ने बाध्यता हटेको भन्दै ल्याप स्थापनाको लागि उपकरण सहयोग गर्ने नवलपुर समाज जापानलाई धन्यबाद व्यक्त गर्नुभयो ।

संविधानसभा सदस्य महेन्द्रध्वज जिसीले विदेश पलायन भएर पनि आफनो जन्मभूमिलाई आफूले पसिना बगाएर जम्मा गर्नुभएको रकमको केही प्रतिशत सामुदायिक प्राकृतिक चिकित्सालयको लागि ल्याबसम्बन्धीका उपकरणहरु सहयोग गर्ने नवलपुर समाज जापानलाई आभार व्यक्त गर्नुभयो ।
सामुदायिक प्राकृतिक चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले नवलपुरमा नै सर्वसुलभ हुने गरी ल्याब प्याथोलोजि संचालन गरिने बताउनुभयो । उहाँले लकडाउन खुकुलो भएमा पुरानो सेवामा फर्कने बताउनुभयो ।
कार्यक्रममा नवलपुर समाज जापानका कार्यसमिति महासचिव सुरेश सापकोटा, सचिव राजु भण्डारी, आरती गैरे, आजीवन सदस्य प्रमानन्द सापकोटा, मन्दिप सापकोटा, सामुदायिक प्राकृतिक चिकित्सालयका पूर्व निर्वाचन समिति २०७६र०७७ का गोविन्दप्रसाद गैरे संचालक समितिका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया