आइतबार थपिए २,४४२ संक्रमित, ५१ जनाको मृत्यु

आइतबार थपिए २,४४२ संक्रमित, ५१ जनाको मृत्यु



नेपालमा आइतबार थप २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने पछिल्लो २४ घण्टामा ५१ जनाको मृत्यु भएको छ । १० हजार ९ सय ५६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आइतबार ५४८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जना नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३ हजार ४ सय ५६ जना डिस्चार्ज भएका छन् । मुलुकभर यतिबेला ५५,५३२ सक्रिय संक्रमित रहेका छन् ।