नेपाल प्रहरीका पन्ध्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सोमबार सरुवा गरिएको छ। गृह मन्त्रालयको गत शुक्रबारको मन्त्रीस्तरीय निर्णयानुसार सोमबार (७ असार) बाट लागू हुने गरी जनपद प्रहरी समूहतर्फका एसएसपीको सरुवा गरिएको हो ।
गृहमन्त्रालयबाट जारी सूचनामा उल्लेख गरिएअनुसार जारी सूचनाअनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी चन्द्र कुबेर खापुङको सरुवा भएको छ भने नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान महाशाखा नक्सालको जिम्मेवारी उमेशराज जोशीलाई दिइएको छ ।
यस्तै, मीरा चौधरीलाई प्रदेश–१ तालिम केन्द्र विराटनगर, उमाशंकर पन्जियारलाई प्रदेश कार्यालय वीरगञ्ज, श्यामलाल ज्ञवालीलाई प्रदेश कार्यालय बनेपा काभ्रेपलाञ्चोक, जनकराज पाण्डेयलाई प्रदेश कार्यालय कञ्चनपुर, गोविन्दकुमार साहलाई प्रदेश कार्यालय धरान, कृष्णहरि शर्मा पोखरेललाई प्रदेश कार्यालय पोखरा, दीपक थापालाई प्रदेश–२ प्रहरी कार्यालय जनकपुरमा सरुवा गरिएको छ भने टेकबहादुर तामाङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा खटाइएको छ।
हेर्नुहोस् एसएसपी सरुवाको सूची
प्रतिक्रिया