राष्ट्रियताको रक्षाका लागि विपक्षी गठबन्धन बनेको प्रचण्डको जिकिर

राष्ट्रियताको रक्षाका लागि विपक्षी गठबन्धन बनेको प्रचण्डको जिकिर



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले राष्ट्रियताको रक्षाका लागि अन्तिमसम्म लड्नुपर्ने निष्कर्षका साथ विपक्षी पाँच दल एक ठाउँमा उभिएको बताएका छन् । पार्टी केन्द्रीय समितिको सोमबारको भर्चुअल बैठकमा वर्तमान राजनीतिक परिस्थतिबारे ‘ब्रिफिङ’ गर्दै उनले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको जिकिर गरेका छन् ।

बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट अर्को पार्टीमा समाहित भएका १४ स्थानीय जनप्रतिनिधिलाई निष्काशन गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रले पाँच स्थानीय तहका प्रमुख, उपप्रमुख, चार वडाध्यक्ष र केही कार्यपालिका सदस्यलाई कारवाही गरेको जानकारी पनि दिइएको छ ।

कारवाहीमा पर्नेमा अधिकांश रौतहट र कैलाली जिल्लाका छन् । सर्वोच्च अदालतले माओवादी र एमालेलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि माओवादी पृष्ठभूमिका केही नेताकार्यकर्ता एमालेमा समाहित भएका थिए ।