प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ शुरु भएको हो ।
जेठ ७ गते प्रतिनिधिसभा विघटन भएपछि विघटित प्रतिनिधिसभाका १४६ सांसदको हस्ताक्षरसहित देउवाले सर्वोच्चमा रिट दायर गरेका थिए । सो मुद्दामा गत जेठ २६ गते कारण देखाउ आदेश जारी भएको थियो ।
नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्त गर्न परमादेश मागिएको रिटमाथि आज (९ असार)बाट सुनुवाइ शुरु भएको हो ।
मुद्दाको बहसका लागि निवेदक पक्षले १२ घण्टा र जवाफी बहसका लागि तीन घण्टा समय पाएको छ । बुधबार निवेदकको पक्षबाट पाँच जना मात्रै कानून व्यवसायीले बहस गर्ने बताइएको छ ।
संसद विघटनसम्बन्धी उक्त मुद्दामा राष्ट्रपति र प्रधानमन्त्रीसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको थियो, सर्वोच्चको मागअनुसार राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट लिखित जवाफ पेश भइसकेको छ ।
प्रतिक्रिया