- जापान प्रतिनिधि
जापानमा जुन २३ तारिख बिहान यस मौसमको पाचौँ ताईफु मारिआना द्वीपनजिक उत्पन्न भएको छ । जापानको दक्षिणी भागमा बुधबार बिहान ९ बजे देखापरेको ताईफु राजधानी टोकियो नजिक हुँदै अघि बढ्ने देखिएको छ ।
यसले पार्ने असरको अनुमान र बाटोको जानकारीको बारेमा सतर्क रहन अनुरोध गर्दै जापान मौसम विज्ञान एजेन्सीले विस्तृत जानकारी समेट्ने काम भइरहेको जनाएको छ ।
एजेन्सीको प्रारम्भिक अवलोकनअनुसार उष्ण कटिबन्धिय चक्रवात ताईफु ५ को रुपमा विकसित भएको छ । हाल उक्त ताईफुको केन्द्र भागमा हावाको चाप १००२ हेक्टोपास्कल रहेको बताइएको छ ।
केन्द्रको नजिकको अधिकतम हावाको वेग १८ मिटर, १५ मिटरको शक्तिशाली हावाको वेग देखापरेको छ । टाइफु सुस्त गतिमा उत्तरपश्चिम दिशातिर गइरहेको र अर्को सातामा ओगासावारा टापु, इजुटापु र होन्शु नजिकै पुग्ने सम्भावना रहेको छ ।
यो क्रमशः उत्तरतर्फ अघि बढ्ने क्रममा रहेको एजेन्सीले पूर्वानुमान गरेको छ । हालसम्म प्राप्त विवरण र अनुमान अनुसार ताईफुले शक्तिशाली आकार लिँदै गइरहेको छ । प्रारम्भिक विवरणहरु अनुसार ताईफु आईची, शिजुओखा, यामानासी, चिबा, साईतामा, ईबाराकी सहित खानागावा र टोकियोमा समेत असर पार्नेछ ।
हाल ताईफुले तय गर्ने बाटोको अनुमान अनुसार ताईफु अघि बढेमा तोचिगी, फुकुशिमा देखी मियागी, ईवाते प्रान्तमा समेत आईफुले असर पार्नेछ । हाल सामुन्द्रिक भागमा रहेको ताईफु पूर्वानुमान अनुसार अघि बढेमा जापानको मुल भूमि क्षेत्रमा जुन २६ तारिख देखी २८ सम्म असर पार्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया